२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न...

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

बुधवार, श्रावण २८ २०८२०५:४६
बुधवार, श्रावण २८ २०८२०५:४६
  • images

    काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् ।

    गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । 

    अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेललाई १० हजार,  रोशन सुवेदीलाई १० हजार, राजेश खड्का ‘रोजेश’ लाई ३० हजार र सन्दीप केसीलाई १० हजारमा रिहा गर्न आदेश गरेको छ । 

    त्यस्तै राहुल खड्कासँग १० हजार, यामु पौडेलसँग १० हजार, सौरभ सुनारलाई १० हजार, डिल्लीराज कँडेललाई २० हजार र ऋतिक लामासँग २० हजार धरौटी मागिएको छ ।

    अन्य कसुरदारहरु चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ । 

    सरकारी वकिलले अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend