२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सांसद केसीको व्यंग्य: असुरक्षित हवाई सेवा...

सांसद केसीको व्यंग्य: असुरक्षित हवाई सेवा लिनुपर्‍यो भने नेपाल आउनु जस्तो छ

सांसद केसीको व्यंग्य: असुरक्षित हवाई सेवा लिनुपर्‍यो भने नेपाल आउनु जस्तो छ

शुक्रवार, श्रावण ३० २०८२०४:३६
शुक्रवार, श्रावण ३० २०८२०४:३६
  • images

    काठमाडौं । नेपाली कांग्रेस सांसद राजन केसीले नेपालमा हवाई सेवा असुरक्षित रहेको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन्।

    सांसद केसीले भने, “संसारमा हवाई सेवा सबैभन्दा बढी सुरक्षित यातायात सेवा मानिन्छ। नेपालमा यसको ठ्याक्कै उल्टो भयो। असुरक्षित हवाई सेवा लिनुपर्‍यो भने नेपाल आउनु जस्तो भयो।”

    उनले हवाई सेवामा देखा परेका समस्याका कारण पत्ता लगाइ समाधान गर्नु आवश्यक रहेको बताए। साथै, अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने प्रवृत्ति नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए।

    केसीले विश्वास व्यक्त गर्दै भने, “यो विधेयकले हवाई सुरक्षामा अत्यन्त राम्रो भूमिका खेल्नेछ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend