२०८३, आश्विन २३ गते

images

‘रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन’

‘रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन’

सोमवार, भाद्र २ २०८२०८:१४
सोमवार, भाद्र २ २०८२०८:१४
  • images

    काठमाडौं । रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको जनाइएको छ।

    रास्वपाका अनुसार सोमबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले उनको अवस्था सामान्य नरहेको बताएका हुन्। हावा, घामलगायत शरीरलाई आवश्यक पर्ने नियमित सुविधा लामिछानेले नपाएको देखिएको पनि रास्वपाले जनाएको छ।

    ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादवको नेतृत्वमा चिकित्सक टोलीले लामिछानेको थप स्वास्थ्य परीक्षण सुरु गरेको छ। भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिनु, पर्याप्त हावा–पानी नपाइनु र अत्यधिक गर्मीका कारण उनको स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend