२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ओलीलाई लक्षित गर्दै ईश्वर पोखरेलको चेतावनी...

ओलीलाई लक्षित गर्दै ईश्वर पोखरेलको चेतावनी : ‘जबज क्षतिग्रस्त हुने गरी कुरा उठ्छन्, तर चुनौती सामना गर्दै अघि बढ्नुको विकल्प छैन’

ओलीलाई लक्षित गर्दै ईश्वर पोखरेलको चेतावनी : ‘जबज क्षतिग्रस्त हुने गरी कुरा उठ्छन्, तर चुनौती सामना गर्दै अघि बढ्नुको विकल्प छैन’

बिहिवार, भाद्र ५ २०८२०३:२३
बिहिवार, भाद्र ५ २०८२०३:२३
  • images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध उठिरहेका आलोचनात्मक आवाजप्रति आपत्ति जनाएका छन्। उनले जबज प्रतिकूलतासँग लड्दै स्थापित भएको विचार भएकाले यसलाई क्षतिग्रस्त हुने गरी प्रस्तुत गर्न नहुने बताए।

    काठमाडौंमा आयोजित मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा पोखरेलले विचारको महत्वलाई जोड दिँदै भने, “यो विचार आँधी–तुफानसँग जुध्दै अघि आएको हो, यसको जग र पृष्ठभूमि बुझ्नुपर्छ।”

    हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशनलाई ‘ठगीखाने भाँडो’ भन्दै आलोचना गरेपछि पोखरेलको भनाइलाई ओलीलाई लक्षित प्रतिक्रिया मानिएको छ। उनले भने, “चुनौती त आउँछन्, अपजस पनि आउँछन्, तर चुनौती सामना गरेर अघि बढ्नुको विकल्प छैन। मनोबल कमजोर हुन दिनु हुँदैन।”

    पोखरेलले फाउन्डेशनले भण्डारीको विचारलाई विश्वमञ्चमा पुर्‍याउने जिम्मा लिनुपर्ने उल्लेख गर्दै जन्मजयन्तीलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए। उनले जबजलाई एमाले मात्र होइन, समग्र देश निर्माणको आधारभूत विचारका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend