२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नक्कली शैक्षिक प्रमाणपत्रसहित रास्वपा नेता कँडेल...

नक्कली शैक्षिक प्रमाणपत्रसहित रास्वपा नेता कँडेल पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित रास्वपा नेता कँडेल पक्राउ

शुक्रवार, भाद्र ६ २०८२१२:३६
शुक्रवार, भाद्र ६ २०८२१२:३६
  • images

    काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

    रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका चितवन कालिका नगरपालिका(५ पदमपुरका कँडेललाई प्रहरीले बुधबार चितवनबाटै पक्राउ गरेको हो ।

    रूपन्देही प्रहरीले गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीयलाई पक्राउ गरेको थियो। भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो।

    प्रहरीले यादवमाथि सोधपुछ गर्दा यसमा मुख्य व्यक्ति कँडेल भएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरूसहित विभिन्न नक्कली कागजपत्र फेला पारेको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend