२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमसीसी सैन्य रणनीतिसँग जोडिएको छ कि...

एमसीसी सैन्य रणनीतिसँग जोडिएको छ कि छैन, गम्भीर निगरानी गर्नुपर्छ : देव गुरुङ

एमसीसी सैन्य रणनीतिसँग जोडिएको छ कि छैन, गम्भीर निगरानी गर्नुपर्छ : देव गुरुङ

आइतवार, भाद्र ८ २०८२०४:२८
आइतवार, भाद्र ८ २०८२०४:२८
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य रणनीतिसँग जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले अहिलेसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहणलगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भए पनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भए तत्काल खारेज गर्नुपर्ने आवश्यकता औंल्याए।

    उनले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले सार्थक मान्दै आर्थिक सहायताले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा कस्तो प्रभाव पार्छ भन्ने आधारमा मात्र मूल्यांकन गर्नुपर्ने बताए।

    “नेपाल सरकारको तर्फबाट एमसीसी सैन्य योजनासँग जोडिएको छ कि छैन भन्ने कुराको गम्भीर निगरानी गर्नुपर्छ,” उनले भने, “यदि कुनै पनि समयमा सैन्य रणनीतिसँग जोडिएको पुष्टि भयो भने खारेज गर्न तत्पर रहनुपर्छ।” गुरुङले राष्ट्रिय पूँजी निर्माणलाई कुण्ठित गर्ने खालका आर्थिक सहायता स्वीकार गर्नु नहुनेमा समेत जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend