२०८३, आश्विन २३ गते

images

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपा प्रवक्ता झाको भेट

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपा प्रवक्ता झाको भेट

मंगलवार, भाद्र १० २०८२०२:५७
मंगलवार, भाद्र १० २०८२०२:५७
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

    सासद समेत रहेका प्रवक्ता झाले मंगलबार भण्डारीसँग उनको निवासमा भेट गरेका हुन् । भेटमा उनीहरूबीच वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । भेटपछि झाले भने, ‘राजनीतिक-शिष्टाचार भेटघाट थियो । कुनै विशेष एजेन्डा भन्दापनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो।’

    भेटमा पूर्वराष्ट्रपति भण्डारीले सहकारीको विषय समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाइएकोप्रति चासो व्यक्त गरेकी थिइन् । उनले सभापति रवि लामिछानेलाई राजनीतिक मुद्दा लगाएर थुन्नु गलत हो रहेको बताइन् । सहकारीको पैसा नउठेको अवस्थामा मान्छे थुनेर सरकारले गलत काम गरेको भनाइ भण्डारीले राखेकी भेटपछि प्रवक्ता झाले बताए ।

    भण्डारीले आफू एमालेमा सक्रिय हुनेगरी निकै अगाडि बढिसकेको पनि बताएकी पनि झाले बताए । ‘उहाँले नयाँ पुस्ताको राजनीतिको अभ्यासप्रति सद्भाव र आदर प्रकट गर्नुभयो’ झाले् भने, ‘सहकारीको समस्या समाधान गर्नुपर्नेमा यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेजीलाई दुःख दिने काम भइराखेको छ, त्यसप्रति मेरो असन्तुष्टि छ र रविजीप्रति मेरो सद्भाव छ ।’

    विभिन्न राजनीतिक दलहरूको विचार खुला बहस हुनुपर्ने भण्डारीले आफूसँगको भेटमा बताएकी पनि झाले जनाए ।

    ‘मलाई पार्टीभित्र एककिसिमले गम्भीर वातावरण बनाइएको छ, त्यसप्रति मेरो असन्तुष्टि छ। अध्यक्ष केपी शर्मा ओलीजीले नै बालकोटमा विद्या भण्डारीजी राजनीतिमा आउनुपर्छ, किन नआउने भनेकै हो’, भण्डारीको भनाइ उदृत गर्दै झाले भने, ‘उहाँ राजनीतिमा आउनुहुन्छ भनेर बोलेको कुरा अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ। तर, मलाई अहिले चाहिँ फेरि उहाँ केपीजीले नै रोक्दै हुनुहुन्छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend