२०८३, आश्विन २३ गते

images

रास्वपाबाट रुपन्देही-३ मा डा.लेखजंग थापा उम्मेदवार

रास्वपाबाट रुपन्देही-३ मा डा.लेखजंग थापा उम्मेदवार

आइतवार, भाद्र १५ २०८२०८:०१
आइतवार, भाद्र १५ २०८२०८:०१
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर–३ को आगामी उपनिर्वाचनका लागि वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उपसभापति डिपी अर्यालले थापाको नाम सार्वजनिक गरेका हुन् । पार्टी सचिवालय बैठक र प्राइमरी इलेक्सनको प्रक्रियामार्फत नौ जना आकांक्षीमध्येबाट थापा चयन भएको रास्वपाले जनाएको छ ।

    थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए । भदौ १२ गते बिहानदेखि साँझसम्म भएको अनलाइन मतदानमा सबैभन्दा बढी मत पाएका थापालाई उम्मेदवार घोषणा गरिएको हो । 

    निर्वाचन आयोगले रुपन्देही–३ र मनाङमा आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend