२०८३, आश्विन २३ गते

images
  • समाचार
  • घरमै बुक, घरमै डेलिभरी : यतीको...

घरमै बुक, घरमै डेलिभरी : यतीको नयाँ कार्गो सेवा

घरमै बुक, घरमै डेलिभरी : यतीको नयाँ कार्गो सेवा

सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२११:४७
सीएनएन खबर
सोमवार, भाद्र १६ २०८२११:४७
  • images

    नेपालमा हवाई कार्गो सेवा अझ डिजिटल र सहज बनाउने उद्देश्यसहित यती एअरलाइनस र उपाय सिटी कार्गो प्रालि बीच रणनीतिक साझेदारी भएको छ।

    यस साझेदारीअन्तर्गत छिट्टै सुरु हुने ‘यती डोर टु डोर कार्गो सेवा’ मार्फत ग्राहकहरूले घरमै बसेर Upaya Complete प्लेटफर्ममार्फत कार्गो बुक गर्न सक्नेछन्, जसले सामान घरमै लिन र गन्तव्यसम्म पुरयाउने सुविधा उपलब्ध गराउनेछ।

    ग्राहकका लागि घरमै संकलन र डेलिभरी, मोबाइल वा वेबमार्फत डिजिटल बुकिङ र रियल–टाइम ट्र्याकिङ, साथै चाहनाअनुसार उपाय हबमा कार्गो छोड्ने वा परम्परागत एअरपोर्ट–टु–एअरपोर्ट सेवा लिने विकल्पसमेत उपलब्ध हुनेछन्।

    उपाय प्रालिका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने: “यो साझेदारीले नेपालको कार्गो सेवा क्षेत्रमा नयाँ युगको सुरुवात गर्नेछ। Upaya Complete को अत्याधुनिक प्रविधि प्रयोगले ग्राहकलाई पारदर्शी र विश्वासिलो अनुभव मिल्नेछ।” 

    यती एअरलाइनसका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले “हाम्रो लक्ष्य नेपालभर छिटो र भरपर्दो सेवा पुर्याउनु हो। उपायको प्रविधि र हाम्रो हवाई सञ्जाल संयोजन गर्दा व्यवसाय र व्यक्तिगत ग्राहकहरूका लागि विश्वसनीय कार्गो सेवा सम्भव हुनेछ” उनले भने ।
    दुवै कम्पनीले आगामी दिनमा AI आधारित रुट अनुकूलन, स्वचालित हब र डेटा–आधारित लजिस्टिक समाधान जस्ता आधुनिक प्रविधि लागू गर्ने योजना बनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend