२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रास्वपा उम्मेदवार डा. लेखजंग थापाको पत्रकार...

रास्वपा उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

रास्वपा उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

सोमवार, भाद्र १६ २०८२०२:४२
सोमवार, भाद्र १६ २०८२०२:४२
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगन गरेको छ।

    सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तय भएकोमा स्थगन भएको हो। रास्वपा प्रवक्ता मनिष झाका अनुसार विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको छ।

    रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न विभिन्न प्रक्रिया गरेको थियो। उक्त प्रक्रियाबाट लेखजंग रास्वपा उम्मेदवार चयन भएका थिए।

    रुपन्देही ३ मा रास्वपाबाट ९ जना उम्मेदवार आकांक्षी थिए। तीमध्ये लेखजंगलाई रास्वपाले आइतबार उम्मेदवार घोषणा गरेको थियो। तर लेखजंगले बहुविवाह गरेको सम्बन्धी विषय बाहिर आएपछि उनी विवादमा तानिएका थिए।

    रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend