२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि...

६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

मंगलवार, भाद्र १७ २०८२०७:४१
मंगलवार, भाद्र १७ २०८२०७:४१
  • images

    काठमाडौं । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। न्याय परिषद्को मंगलबार बसेको बैठकले यो निर्णय गरेको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए।

    यी सबै न्याय सेवाका कर्मचारीहरू हुन्। सिफारिस हुनेहरूमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्चकै उपरजिस्ट्रार अनुपमा पन्त, कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा छन्। जिल्ला अदालतमा हाल २७ न्यायाधीशका पद रिक्त छन्। तीमध्ये २१ जना न्याय सेवा आयोग (लोक सेवा आयोगमार्फत) खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन्।

    jc-decision_QDgoediyB7.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend