२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संसदीय सुनुवाइ समितिको निर्वाचन भोली, रामहरी...

संसदीय सुनुवाइ समितिको निर्वाचन भोली, रामहरी खतिवडालाई बनाउने कांग्रेसको तयारी

संसदीय सुनुवाइ समितिको निर्वाचन भोली, रामहरी खतिवडालाई बनाउने कांग्रेसको तयारी

बिहिवार, भाद्र १९ २०८२०१:२२
बिहिवार, भाद्र १९ २०८२०१:२२
  • images

    काठमाडौँ । संसदीय सुनुवाइ ९संयुक्त० समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ । आज मनोनयन दर्ताको समय छ ।

    सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार भोलि साँझ ५ बजे निर्वाचन हुँदैछ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।

    सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली छ । न्यौपाने सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन् ।

    संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावलीका नियम २५ मा राजीनामा दिएमा सभापति पद रिक्त हुन सक्ने लगायतका प्रावधान छ । रिक्त भएको पदमा पुनस् पदपुर्ति गर्ने सम्बन्धी व्यवस्था संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा छैन ।

    राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडालाई नै सुनुवाइ समितिको सभापति बनाउने नेपाली कांग्रेसको तयारी छ । 

    पार्टीले आफूलाई समितिको सभापतिमा अघि सार्ने निर्णय गरेको सुन्नमा आएको खतिवडाले बताए। उनले आफू पार्टीले गरेको निर्णय स्वीकारेर अघि बढ्ने पनि बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend