२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमाले विधान महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले...

एमाले विधान महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

एमाले विधान महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

शुक्रवार, भाद्र २० २०८२०७:३९
शुक्रवार, भाद्र २० २०८२०७:३९
  • images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।  

    यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेको थियो । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्ताबेज प्रस्तुतीकरणमा केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

    महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

    स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए। नेता  थापाले हिजो पार्टी कार्यालयमा फरक मतको दस्ताबेज दर्ता गराएका थिए । 

    त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने एमाले उपमहासचिव ज्ञवालीले बताए ।

    महाधिवेशनको दोस्रो दिन भदौ २१ गते  प्रस्तुत गरिएको दस्ताबेजको १० वटा समूह बनाई छलफल गरिने छ । उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतीकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।  

    यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । 

    महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend