काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्वयं फेसबुक र ह्वाट्सएपमार्फत सक्रिय देखिएको छ।
प्रधानमन्त्री सचिवालयको PM Secretariat नामक आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार एमाले विधान महाधिवेशनसम्बन्धी तस्बिर र समाचार स्टाटस राखिएको पाइएको छ। यसअघि पनि सोही पेजबाट एमाले सचिवालयको गतिविधि सम्बन्धी तस्बिरहरू पोस्ट गरिएका थिए।
त्यस्तै, सचिवालयसँग सम्बन्धित ह्वाट्सएप ग्रुपमार्फत पत्रकारहरूलाई निरन्तर सूचना र तस्बिर सम्प्रेषण भइरहेको छ। शुक्रबार विधान महाधिवेशनका तस्बिरहरू समेत सोही ग्रुपमार्फत पठाइएको छ।
सरकारको निर्देशनपछि नेपाल टेलिकम, एनसेल र वर्ल्ड लिंकसहितका सेवा प्रदायकहरूले फेसबुक, ह्वाट्सएप लगायत ‘अवैध’ भनिएका प्लेटफर्महरू बन्द गरिसकेका छन्।

