काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको आदेश अनुसार कानुन नबनाएकै अवस्थामा सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ।
आइतबार सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर यस्तो निष्कर्ष निकालेको हो। बैठकमा थप छलफल गर्दै आवश्यक परेमा आगामी निर्णय लिने तयारी पनि गरिएको कांग्रेस नेताहरूले बताए।
सरकारले गत बिहीबार दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यस निर्णयपछि चौतर्फी आलोचना सुरु भएको छ। कांग्रेसका महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्वजनिक गर्दै सरकारले उल्टो बाटो हिँडेको आरोप लगाएका थिए।

