२०८३, आश्विन २३ गते

images

संसद भवनको तीनवटै गेट प्रदर्शनकारीको कब्जामा

संसद भवनको तीनवटै गेट प्रदर्शनकारीको कब्जामा

सोमवार, भाद्र २३ २०८२१२:५७
सोमवार, भाद्र २३ २०८२१२:५७
  • images

    काठमाडौं । नयाँ बानेश्वरको संसद भवन परिसर जेन जी प्रदर्शनकारीले कब्जा गरेका छन् । भवन क्षेत्र आसपासको सडक प्रदर्शनकारीले नियन्त्रणमा लिएका हुन् । संसद भवन प्रवेश गर्ने तीन वटै गेटअगाडि प्रदर्शनकारी हाबी छन् । उनीहरूलाई हटाउने प्रयास गरिरहे पनि प्रहरी सफल भएको छैन । 

    संसद् भवन परिसर भित्रबाट समेत प्रहरीले अश्रुग्याँस प्रहार गरिरहेका छन् । तर, प्रदर्शनकारीले उक्त अश्रुग्याँस टिप्दै संसद् भवन भित्र फालिरहेका छन् । 

    हाल प्रदर्शनकारीले प्रहरीलाई पानीको बाेटल र ढुङ्गा प्रहार गरिरहेका छन् । भिड तितरबितर पार्न प्रहरीले बाल प्रयोग गरिरहेको छ । तर, प्रदर्शनकारी पछि हटेका देखिँदैनन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend