२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशनः जेनजी...

सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशनः जेनजी आन्दोलनका घाइतेको निशुल्क उपचार गर्नु

सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशनः जेनजी आन्दोलनका घाइतेको निशुल्क उपचार गर्नु

सोमवार, भाद्र २३ २०८२०३:५३
सोमवार, भाद्र २३ २०८२०३:५३
  • images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा ल्याइएका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी  उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    यसैगरी मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालमा लिएर जान सहजीकरणको गर्न समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend