२०८३, आश्विन २३ गते

images

प्रदर्शनकारीले सञ्चारमन्त्रीको घरमा गरे आगजनी

प्रदर्शनकारीले सञ्चारमन्त्रीको घरमा गरे आगजनी

मंगलवार, भाद्र २४ २०८२१०:१६
मंगलवार, भाद्र २४ २०८२१०:१६
  • images

    काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

    ललितपुरको खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घर जाने बाटोमा रहेको प्रहरी बिटमा आगजनी गरेर उनीहरुले सञ्चारमन्त्रीको घरमा समेत आगजनी गरेको प्रहरीले जनाएको छ  

    सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend