काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राजीनामा दिएका छन् ।
पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा दिएका हुन् । यसअघि पार्टी सभापति रवि लामिछानेले राजीनामाका लागि तयार रहन आग्रह गरेका थिए ।
मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत रास्वपाका ३ जना सांसदले राजीनामाको घोषणा गरिसकेका छन् । सुमना श्रेष्ठ, डा तोसिमा कार्की र असिम शाहले उक्त घोषणा गरेका हुनन् ।
‘म आधिकारीक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११ः५५ बजे देखिनै यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,’ तोसिमा कार्कीले सामाजिक सञ्जालमा लेखेकि छिन् ।

