२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा...

एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा आगो, ओलीको बैठक कक्ष जलेर खरानी

एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा आगो, ओलीको बैठक कक्ष जलेर खरानी

मंगलवार, भाद्र २४ २०८२०१:०६
मंगलवार, भाद्र २४ २०८२०१:०६
  • images

    काठमाडौं । प्रहरीले सोमबार दमन गरी २० जेनजी प्रदर्शनकारीको निर्मम हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित सर्वसाधारणले ललितपुरको च्यासलस्थित एमाले पार्टीको मुख्यालयमा आगो लगाएका छन् ।  

    स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै त्यहाँ पुगेका प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय रहेको मुख्य भवनको चारैतिर आगो लगाइदिएका छन् । कार्यालयभित्र प्रवेश गरी तोडफोडसँगै कागजपत्र समेत जलाएर नष्ट पारिदिएका छन् । 

    आक्रोशित समूहले पार्टी कार्यालयको पर्खाल भत्काएको छ भने सो पार्टी कार्यालयभित्र रहेको प्रहरी भ्यानमा आगो लगाइदिएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी एमाले मुख्यालयमा पुगेपछि त्यहाँ तैनाथ सुरक्षाकर्मी समेत पछि हट्न बाध्य भएका छन् । 

    प्रदर्शनकारीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुको बैठक कक्षमा आगो लगाएर ध्वस्त पारिदिएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend