२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जेन-जी क्रान्तिको संरक्षणका लागि तत्काल अन्तरिम...

जेन-जी क्रान्तिको संरक्षणका लागि तत्काल अन्तरिम सरकार र संसद विघटन: बालेन

जेन-जी क्रान्तिको संरक्षणका लागि तत्काल अन्तरिम सरकार र संसद विघटन: बालेन

बुधवार, भाद्र २५ २०८२११:१८
बुधवार, भाद्र २५ २०८२११:१८
  • images

    काठमाडौं । अन्तरिम सरकारको प्रमुख बनाउन काठमाडाैँका मेयर बालेन शाहले समर्थन गरेका छन् । सामाजिक सञ्जालमा लेखेर बालेनले समर्थन गरेका हुन् । साथै उनले जेन-जी आन्दाेलनकाे संरक्षणका लागि तत्काल अन्तरिम सरकार गठन र संसद विघटनकाे माग पनि गरेका छन् । उनले लेखेका छन्, जेन-जीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्नुहोला ।

    जेन–जीहरूको भर्चुअल बैठकले कार्कीलाई अघि सार्ने सहमति जुटाएको थियो । भर्चुअल बैठकमा सरकार प्रमुखमा बालेनको नाम पनि आएको थियो । तर, बालेनलाई निर्वाचित सरकारको प्रमुख बनाउने भन्दै अन्तरिम सरकारका लागि कार्कीलाई अघि सार्नुपर्ने जेन–जीहरूको भनाइ छ ।

    बालेनकाे भनाइ जस्ताकाे तस्तैः

    प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
    अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
    यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
    यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
    तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। 
    अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता  देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।
    सम्माननिय रास्ट्रपति ज्यु ,
    Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्नु होला ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend