२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जंगी अड्डा बाहिर जेन जीको विवाद...

जंगी अड्डा बाहिर जेन जीको विवाद देखिएपछि सेनाले भन्यो: भोलि बिहान सम्पर्कमा आउनू

जंगी अड्डा बाहिर जेन जीको विवाद देखिएपछि सेनाले भन्यो: भोलि बिहान सम्पर्कमा आउनू

बुधवार, भाद्र २५ २०८२११:२५
बुधवार, भाद्र २५ २०८२११:२५
  • images

    काठमाडौं । जेन जी समूहले देशभर गरेको प्रदर्शनले नेपाली राजनीतिले नै कोल्टे फेर्‍यो । अहिलेको परिस्थितिको आँकलन नै नगरी भएको प्रदर्शन र अवस्थाले अब राजनीतिक गतिरोध कसरी निस्कन्छ भन्ने अनुमान लगाउन मुस्किल छ ।  

    नेतृत्व अब जेनजीलाई भनेपछि नेता को भन्ने बहस एकातिर छ भने नेपाली सेनाले सम्पूर्ण सुरक्षाको जिम्मा लिएपछि थालेको वार्तामा जेनजीबीच नै फरक फरक धारणा आइरहेको छ ।  

    आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिलाई नेपाली सेनाले भोलि बिहीबार बिहान सम्पर्कमा आउन भनेको छ ।

    जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गर्दै समान धारणा बनाएर बिहान आउन भनको हो । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले माइकिङमा भने, ‘एक–एक जना ग्रुप लिडरको नामसहित लेखेर हामीलाई दिनुहोला ।’

    सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend