२०८३, आश्विन २४ गते

images
  • समाचार
  • गड्डाचौकी नाकाबाट नेपालीलाई भारत प्रवेशमा पूर्ण...

गड्डाचौकी नाकाबाट नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक

गड्डाचौकी नाकाबाट नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक

बिहिवार, भाद्र २६ २०८२०६:५४
बिहिवार, भाद्र २६ २०८२०६:५४
  • images

    काठमाडौँ । छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । 

    नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

    “हाल भारतबाट फर्किने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड अनिवार्य गरिएको छ”, उनले भने, “नेपालीलाई भारत प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।” 

    यसैगरी बुधबार भारतीय एसएसबीले कारागारबाट भागेर त्यहाँ जान लागेका चार जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend