२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संविधानबाटै समाधान खोज्ने प्रयास भइरहेको छ,...

संविधानबाटै समाधान खोज्ने प्रयास भइरहेको छ, सबै पक्ष सहयोगी बनौंः राष्ट्रपति पौडेल

संविधानबाटै समाधान खोज्ने प्रयास भइरहेको छ, सबै पक्ष सहयोगी बनौंः राष्ट्रपति पौडेल

बिहिवार, भाद्र २६ २०८२०३:४०
बिहिवार, भाद्र २६ २०८२०३:४०
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई वर्तमान संकटपूर्ण अवस्थाबाट निकास दिन र शान्ति–सुव्यवस्था कायम राख्न सबैलाई सहयोगी बन्न अपिल गरेका छन् । देशको संवैधानिक दायराभित्र रहेर समाधान खोज्ने काम भइरहेको भन्दै उनले आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न र समस्या समाधानका उपाय छिटो खोज्ने काम भइरहेको कुरामा विश्वस्त रहन सबैलाई आग्रह गरेका हुन् ।

    राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्ने विषयमा निरन्तर विचार–विमर्श र प्रयास भइरहेको बताएका छन् । उनले सबै पक्षलाई संयमतापूर्वक समस्या समाधानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

    rastt.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend