२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा विघटनः सुशीला कार्की प्रधानमन्त्री नियुक्त...

प्रतिनिधिसभा विघटनः सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, आजै शपथ

प्रतिनिधिसभा विघटनः सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुँदै, आजै शपथ

शुक्रवार, भाद्र २७ २०८२०७:३३
शुक्रवार, भाद्र २७ २०८२०७:३३
  • images

    काठमाडौँ । पूर्वप्रधान्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री हुने भएकी छन्। शीतलनिवास स्रोतका अनुसार आजै पद तथा गोपनीयताको शपथ हुनेछ।

    प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको हो ।

    स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भए।

    राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि विभिन्न दलका नेता, प्रधानसेनापति र जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। गएराति अन्तरिम सरकार प्रमुखको रूपमा प्रस्ताव गरिएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि छलफल गरेका थिए।  

    कार्कीले संसद् विघटनसहितका मागहरू जेनजीको माग भएको र आफू पनि उक्त मागभन्दा बाहिर जान नसक्ने बताएकी थिइन्।  कार्की पहिलो महिला प्रधान्यायाधीश हुन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend