२०८३, आश्विन २३ गते

images

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् सपथ

शुक्रवार, भाद्र २७ २०८२०९:५४
शुक्रवार, भाद्र २७ २०८२०९:५४
  • images

    काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई सपथ खुवाएका हुन्। जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। 

    संसद विघटन गर्ने सहमति भएपछि कार्की प्रधानमन्त्री बन्न तयार भएकी थिइन्। केहीबेरमा शीतल निवासमै मन्त्रिपरिषद बैठक बसेर संसद विघटनका लागि सिफारिस गर्ने स्रोतले जनाएको छ। त्यसपछि राष्ट्रपति पौडेलले संसद विघटन गर्नेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend