२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्रीको...

कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्रीको नाम टुंगो: अर्थमा रामेश्वर, ऊर्जामा कुलमान, गृहमा ओमप्रकाश

कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन मन्त्रीको नाम टुंगो: अर्थमा रामेश्वर, ऊर्जामा कुलमान, गृहमा ओमप्रकाश

आइतवार, भाद्र २९ २०८२१०:२२
आइतवार, भाद्र २९ २०८२१०:२२
  • images

    काठमाडौं । जेन-जी आन्दोलनको दबाबमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञलाई सामेल गर्ने प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि योग्य व्यक्तिहरूको नाम टुंगो लगाएकी छन्। स्रोतका अनुसार अर्थ मन्त्रालयमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम तय भएको छ।

    प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिपरिषद् ११ सदस्यभन्दा नबढाउने तयारी गरेकी छन्। यसले गर्दा टुंगो लागेका मन्त्रीहरूले आवश्यक परेमा थप मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्न सक्ने सम्भावना छ।

    जेन-जी आन्दोलनको दबाबपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend