२०८३, आश्विन २३ गते

images

असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

सोमवार, भाद्र ३० २०८२१०:२४
सोमवार, भाद्र ३० २०८२१०:२४
  • images

    काठमार्डौं । सरकारले आगामी असोज १ गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार राष्ट्रिय शोक दिवसका दिन मुलुकभरका सरकारी तथा सार्वजनिक निकायमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

    सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाटबारे उच्चस्तरीय न्यायिक समिति

    सोमबारकै मन्त्रिपरिषद् बैठकले हालैका आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी र लुटपाट सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ।

    गृह तथा कानुन मन्त्री अर्यालका अनुसार, समिति पूर्वन्यायाधीशको संयोजकत्वमा बन्नेछ। हाल भने यो विषयमा केवल सैद्धान्तिक सहमति भएको र सदस्य तथा संयोजकको नाम अर्को बैठकमा तय हुने उनले बताए।
    “आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा, को-को सदस्य रहने भन्ने कुरा अर्को बैठकले टुङ्गो लगाउनेछ,” मन्त्री अर्यालले भने । 

    जेनजी जागरण स्मारक पार्क निर्माण हुने

    यसैबीच, सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा “जेनजी जागरण स्मारक पार्क” निर्माण गर्ने निर्णय पनि गरेको छ।

    गृह तथा कानुन मन्त्री अर्यालका अनुसार, स्मारक पार्क कहाँ बनाउने भन्ने स्थान भने अहिलेसम्म निश्चित भइसकेको छैन।
    “स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय भएको हो,” मन्त्री अर्यालले स्पष्ट गर्नुभयो।

    सरकारका यी निर्णयहरू हालको आन्दोलनका घटनाप्रति संवेदनशीलता प्रकट गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend