२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेटवार्ता

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेटवार्ता

मंगलवार, भाद्र ३१ २०८२०२:३१
मंगलवार, भाद्र ३१ २०८२०२:३१
  • images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । भेटमा उनले प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

    दाहालको सचिवालयका अनुसार, भेटवार्तामा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो । यस क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद् भवन र सिंहदरबारस्थित संसद् सचिवालयमा भएको क्षतिको जानकारी प्रधानमन्त्रीलाई दिएका छन् ।

    प्रधानमन्त्री कार्कीले राष्ट्रियसभाको भूमिका मुलुकलाई शान्ति र स्थिरतातर्फ अघि बढाउन निर्णायक हुने बताउँदै, राष्ट्रिय संकटलाई सही निकास दिन सबै दल र निकायबिच सहकार्य अपरिहार्य भएकोमा जोड दिएकी छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend