काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भर्चुअल वार्ता हुने भएको छ। उनीहरूबीच मंगलबार भर्चुअल वार्ता हुन लागेको हो ।
जेनजीको प्रस्तावको कार्की प्रधानमन्त्री भएपछि समकक्षी मोदीले बधाइ ज्ञापन गरेका थिए। उनले मणिपुर पुगेर पनि प्रधानमन्त्री कार्कीलाई बधाइ दिँदै सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए। उनले त्यही बेला नेपाली साथीहरूसँग कुरा गर्ने बताएका थिए।

