२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी...

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी २० प्रतिशतसम्म कटौती हुने

सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी २० प्रतिशतसम्म कटौती हुने

मंगलवार, भाद्र ३१ २०८२१०:१७
मंगलवार, भाद्र ३१ २०८२१०:१७
  • images


    काठमाडौं। देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै सरकारी कर्मचारीले पाउँदै आएको बैठक भत्ता कटौती हुने भएको छ। मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले औसत दरबन्दीमा समेत २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो।

    सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन गोष्ठी, सेमिनार र कार्यशालाजस्ता कार्यक्रम सरकारी हलमै गर्ने र टुक्रे आयोजना रोक्ने निर्णय भएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, यन्त्र–उपकरण खरिद र मर्मतमा बजेट रकमान्तर गर्ने निर्णय भएको छ।

    यस्तै, आन्दोलनका क्रममा ध्वस्त भएका सामग्री खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, रिक्त पदमा तत्काल पदपूर्ति गर्ने, चाडपर्व नजिकिँदै गएकाले आपूर्ति सहज बनाउन बजार अनुगमन र यातायात व्यवस्थापन कडाइ गर्ने निर्देशन दिइएको छ।

    अनावश्यक संरचना खारेज वा गाभ्ने प्रक्रिया अघि बढाउने, सिंहदरबारका मन्त्रालयहरूले जारी गरेका अनावश्यक पास खारेज गर्ने र लुटिएका सामान फिर्ता बुझाउन आह्वान गर्ने निर्णय समेत भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend