काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो । बुधबार छापावाल सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज १० ग्राम सुनको मूल्य १ लाख ८४ हजार ५०० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १६० रुपैयाँ ५० पैसा रहेको छ ।

