२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सीआईबीको नेतृत्वमा मनोज केसी, शरणार्थी प्रकरणबाट...

सीआईबीको नेतृत्वमा मनोज केसी, शरणार्थी प्रकरणबाट चर्चित बनेका अधिकारी

सीआईबीको नेतृत्वमा मनोज केसी, शरणार्थी प्रकरणबाट चर्चित बनेका अधिकारी

आइतवार, आश्विन ५ २०८२०७:५९
आइतवार, आश्विन ५ २०८२०७:५९
  • images

    काठमाडौं । चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को प्रमुखको जिम्मेवारी दिएको छ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीको प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

    मनोज केसीको टोलीले चर्चित शरणार्थी ठगी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्चपदस्थ व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएका थिए। सो क्रममा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, र पाँचथरका टेक गुरुङ पक्राउ परेका थिए।

    उक्त अनुसन्धानपछि केसीमाथि राजनीतिक दबाब आएको र तत्कालीन सत्ता गठबन्धन (नेपाली कांग्रेस नेतृत्व) को प्रभावमा उनलाई जिम्मेवारीबाट हटाइएको थियो। त्यसयता उनलाई कुनै प्रभावशाली पोष्टिङ दिइएको थिएन।

    शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च अधिकारीको संलग्नता दुलाल र भण्डारीको बयानबाट खुलेपछि केसीको नेतृत्वमा सीआईबीको भूमिका अत्यन्त प्रभावशाली बनेको थियो।

    यसअघि सीआईबी प्रमुख रहेका चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि CIB कार्यवाहक प्रमुखको भरमा चल्दै आएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend