२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाईन ५ मन्त्रिको नाम,...

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाईन ५ मन्त्रिको नाम, उद्योगमा अनिलकुमारदेखि शिक्षा मन्त्रीमा महाविर

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाईन ५ मन्त्रिको नाम, उद्योगमा अनिलकुमारदेखि शिक्षा मन्त्रीमा महाविर

आइतवार, आश्विन ५ २०८२०८:१२
आइतवार, आश्विन ५ २०८२०८:१२
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

    जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्।

    त्यस्तै कृषिमन्त्रीमा मदन परियार, पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

    यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend