काठमाडौँ । पछिल्लो केही दिन यता सुनचाँदीको मूल्यले रेकर्ड ब्रेक गर्दै आएको छ । बुधबार पनि सुनचाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको हो ।
सुनको मूल्य आज तोलामा एक हजार तीनसय रुपैयाँ बढेर दुई लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य मंगलबार तोलामा तीन हजार नौसय रुपैयाँ बढेर दुई लाख २१ हजार सातसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार सातसय रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको पनि यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

