२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • निरन्तर बढेको सुनको मूल्य बिहीबार ह्वात्तै...

निरन्तर बढेको सुनको मूल्य बिहीबार ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

निरन्तर बढेको सुनको मूल्य बिहीबार ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, आश्विन ९ २०८२११:२२
बिहिवार, आश्विन ९ २०८२११:२२
  • images

    काठमाडौँ । नेपाली बजारमा पछिल्लो केही दिन यता निरन्तर बढेको सुनको मूल्य बिहीबार भने ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुनका मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार १३ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम गरेको सुन आज १७ सय रुपैयाँले घटेको हो।

    महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख २१ हजार ३०० कायम भएको छ। अघिल्लो दिन बुधबार प्रतितोला सुन २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

    आज चाँदीको भाउ भने घटेको छ। १५ रुपैयाँले  घटेर प्रतितोला चाँदी २ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य २७ सय पुगेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend