२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • रास्वपाले पूर्व सांसदलाई रातो पासपोर्ट बुझाउन...

रास्वपाले पूर्व सांसदलाई रातो पासपोर्ट बुझाउन निर्देशन

रास्वपाले पूर्व सांसदलाई रातो पासपोर्ट बुझाउन निर्देशन

सोमवार, आश्विन १३ २०८२१०:५६
सोमवार, आश्विन १३ २०८२१०:५६
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्व सांसदलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।

    पार्टीका प्रवक्ता मनिष झाले आज विज्ञप्ति जारी गर्दै सो निर्देशनको जानकारी दिएका हुन्। उनले पूर्व सांसदहरूले प्रयोगमा रहेको रातो पासपोर्ट र परिचयपत्र अब तत्कालै सचिवालयमा बुझाउनुपर्ने बताएका छन्।

    त्यस्तै रास्वपाले चाडपर्वको अवसरमा सबै तहका नेताहरूलाई शुभकामना सन्देशबाहेक अन्य कुनै उपहार स्वीकार नगर्न आग्रह गरेको छ।

    जेनजी आन्दोलनको क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा पार्टीले यसपटक आफूलाई राष्ट्रिय शोकमा रहेको भन्दै चाडपर्वका नाममा कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको प्रवक्ता झाले स्पष्ट पारेका छन्।

    उनका अनुसार पार्टीको ब्यानर र झण्डा प्रयोग गरी चाडपर्वसम्बन्धी कुनै कार्यक्रम आयोजना वा सञ्चालन नगर्न सबै तहका संगठनलाई निर्देशन दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend