काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबारको तुलनामा यो मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढी हो । यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार सुन प्रतितोला २ लाख ३० हजार ६०० पुगेको हाे ।
आज चाँदीको भाउ प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ । यसअघिको कारोबारमा चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

