२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • फागुन २१ मा हुने चुनावको कार्यतालिका...

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक, दल दर्ताको समयसीमा कात्तिक ३० सम्म

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक, दल दर्ताको समयसीमा कात्तिक ३० सम्म

सोमवार, आश्विन २० २०८२०९:००
सोमवार, आश्विन २० २०८२०९:००
  • images

    काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

    आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै नयाँ दलले आगामी कात्तिक ३० गतेअघि नै दल दर्ताको प्रमाणपत्र लिनुपर्ने जनाएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ गतेदेखि १० गतेसम्म रहेको छ ।

    फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने विज्ञप्तिमा उल्लेख छ । फागुन २१ गते विहान ७ बजेदेखि वेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यतालिका रहेको छ। 

    phagun.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend