२०८३, आश्विन २३ गते

images

एक तोला सुनको मूल्य २ लाख ३५ हजार नाघ्यो

एक तोला सुनको मूल्य २ लाख ३५ हजार नाघ्यो

मंगलवार, आश्विन २१ २०८२११:३७
मंगलवार, आश्विन २१ २०८२११:३७
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार २३ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नयाँ मूल्यसँगै एक तोला सुनको भाउ २ लाख ३५ हजार ४०० पुगेको छ। 

    साताको दोस्रो कारोबार दिन सोमबार एक तोला सुनको मूल्य २ लाख ३३ हजार १०० कायम भएकोमा आइतबार २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको थियो।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ। एक तोला चाँदी २ हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend