२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग...

अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता(पत्रसहित)

अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता(पत्रसहित)

मंगलवार, आश्विन २१ २०८२०१:५९
मंगलवार, आश्विन २१ २०८२०१:५९
  • images

    काठमाडौं ।  ‘जेन जेड मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेको औपचारिक निवेदन दर्ता गराएको छ।

    जेन जेडद्वारा सुरु गरिएको आन्दोलनका प्रमुख उद्देश्यहरूमा भ्रष्टाचार र दण्डहीनताको अन्त्य मुख्य रहेको उल्लेख गर्दै, उनीहरूले आयोगको नेतृत्व नै निष्पक्ष र सक्षम व्यक्तिले गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    निवेदनमा भनिएको छ, “अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति संसदीय सुनुवाइ बिना नै तत्कालीन प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेको हो, जसले आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ।”

    साथै, प्रमुख आयुक्त राईमाथि राजनीतिक पक्षपात र विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएको आरोपसमेत लगाइएको छ। विशेष अदालतले समेत अख्तियारकै कार्य प्रणालीप्रति प्रश्न उठाइसकेको उल्लेख गर्दै, यस्तो अवस्थाले भ्रष्टाचार नियन्त्रण र दोषीमाथि कारबाहीमा नकारात्मक प्रभाव पार्ने जेनजेडको दाबी छ।

    “७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि दिएको बलिदानको सम्मानमा नैतिकताको आधारमा तत्काल राजीनामा दिनुहुनेछ भन्ने अपेक्षा गर्छौँ,” निवेदनमा भनिएको छ।

    जेन जेड समूहले पत्रमार्फत अख्तियारका सम्पूर्ण आयुक्तहरूलाई तत्काल राजीनामा दिन दबाब समेत दिएको हो।

    zin.jpg

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend