२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नेताको बैंक खातादेखि जग्गा जमिनको विवरण...

नेताको बैंक खातादेखि जग्गा जमिनको विवरण पठाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार

नेताको बैंक खातादेखि जग्गा जमिनको विवरण पठाउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार

बुधवार, आश्विन २२ २०८२०८:१५
बुधवार, आश्विन २२ २०८२०८:१५
  • images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेताको घरबाट ठूलो परिमाणमा नगद भेटिएपछि अनुसन्धान थालेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानलाई तिव्र दिदैँ आएको छ । विभागले देउवा परिवार, ओली, प्रचण्ड र दीपक खड्काको बैंक खातादेखि जग्गाको विवरण पठाउन निकायहरूमा पत्राचार गरेको पाइएको छ । 

    विभागले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेर विवरण पठाउन भनेको छ । विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र पुत्र जयवीर देउवाका नाममा रहेका बैंक खाता, सेयर कारोबार, जग्गाको विवरण मागेको हो । 

    यस्तै विवरण विभागले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हकमा पनि मागेको छ । निवर्तमान मन्त्री तथा कांग्रेस नेता दीपक खड्काका पनि यस्ता विवरण पठाउन भनिएको छ । 

    विभाग स्रोतका अनुसार राष्ट्र बैंकमार्फत नेताहरूको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र मौज्दात पठाउन पत्राचार गरिएको छ । यो पत्राचार दसैँ बिदाको अघिल्लो दिन १२ गते नै राष्ट्र बैंकलाई गरिएको छ । राष्ट्र बैंकबाट विवरण प्राप्त भएपछि खाता रोक्का गर्नेसम्मको तयारी छ । 

    कम्पनी रजिस्ट्रार, सिडिएस र मालपोतलाई भने विवरण पठाउन आजै पत्राचार गरिएको स्रोत बताउँछ । कम्पनी रजिस्ट्रारबाट नेताको संलग्नता रहेका विभिन्न कम्पनीबारे, सिडिएसबाट धितोपत्र कारोबार र मालपोतबाट घरजग्गाको विवरण मागिएको छ । 

    शीर्ष नेताको घरमा गएर जेन–जी आन्दोलनमा जलेका पैसामाथि अनुसन्धान चलिरहेको छ । यसको अहिले प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण चलिरहेको छ । 

    ‘शीर्ष नेताहरूको सम्पत्तिमाथि प्रारम्भिक जारी छ । यसका लागि आवश्यक विवरण सम्बन्धित निकायबाट मागिएको छ,’ विभाग स्रोत भन्छ, ‘छुट्टै अनुसन्धान टोलीमार्फत काम भइरहेको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend