२०८३, आश्विन २३ गते

images

मधेश सरकारबाट बाहिरियो एमाले

मधेश सरकारबाट बाहिरियो एमाले

बुधवार, आश्विन २२ २०८२०४:३१
बुधवार, आश्विन २२ २०८२०४:३१
  • images

    काठमाडौँ । नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ । एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । 

    मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते राजीनामा घोषणा गरेका थिए । तर पछि उनले संसदबाट विश्वासको मत लिने अडानमा छन् ।

    पार्टीको निर्देशन समेत अटेर गर्दै उनी पदमा बसिरहेका हुन् । उनकै जनमत पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यस्तै नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend