२०८३, आश्विन २३ गते

images

प्रतितोला २ लाख ४० हजार पुग्यो सुनको मूल्य

प्रतितोला २ लाख ४० हजार पुग्यो सुनको मूल्य

बिहिवार, आश्विन २३ २०८२१०:४१
बिहिवार, आश्विन २३ २०८२१०:४१
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ४० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको हो । 

    महासंघको तथ्यांक अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ मा कारोबार भएको थियो ।

    नेपाली बजारमा आज तोकिएको सुनको यो भाउ हालसम्मकै उच्च हो । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५ हजार ७५ रुपैयाँ तोकिएको छ ।

    त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार २५ रुपैयाँ मा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ९३ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend