२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मन्त्री नियुक्त...

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मन्त्री नियुक्त हुने सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मन्त्री नियुक्त हुने सम्भावना

बिहिवार, आश्विन २३ २०८२१२:५०
बिहिवार, आश्विन २३ २०८२१२:५०
  • images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बोलाएकी छन्।

    आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने साथै केही राजनीतिक रूपमा महत्त्वपूर्ण निर्णयहरू समेत हुने बताइएको छ।

    प्रशासन सिंहदरवारस्थित विशेष स्रोतका अनुसार, बैठकमा केही नयाँ मन्त्रीहरू नियुक्त हुने सम्भावना समेत रहेको छ। प्रधानमन्त्री कार्कीले केही दिनअघि रिक्त मन्त्रालयहरूमा छिट्टै मन्त्री नियुक्त गर्ने संकेत गरेकी थिइन्।

    बैठकमा देशको वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयहरूबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend