२०८३, आश्विन २३ गते

images

ओली र प्रचण्डको सुरक्षामा भारी कटौती

ओली र प्रचण्डको सुरक्षामा भारी कटौती

बिहिवार, आश्विन २३ २०८२०७:५३
बिहिवार, आश्विन २३ २०८२०७:५३
  • images

    काठमाडौं । सरकारले दुई पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरेको छ।

    गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षाबाट ६१ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो।

    गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend