२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, आश्विन २८ २०८२११:०२
मंगलवार, आश्विन २८ २०८२११:०२
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचना अनुसार मंगलबार सुन हालसम्मकै उच्च भएको हो । 

    महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

    अघिल्लो दिन सोमबार तोलाको २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको मूल्यमा ८ हजार रुपैयाँभन्दा बढीको वृद्धि भएको हो ।

    त्यस्तै, चाँदीको मूल्य पनि आज बढेर उच्च स्तरमा पुगेको छ । सोमबार तोलाको ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ५० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८५० रुपैयाँ ५० पैसा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend