२०८३, आश्विन २३ गते

images
  • समाचार
  • २ लाख घुस सहित समातिए मालपोतका...

२ लाख घुस सहित समातिए मालपोतका खरिदार

२ लाख घुस सहित समातिए मालपोतका खरिदार

मंगलवार, आश्विन २८ २०८२०२:४४
मंगलवार, आश्विन २८ २०८२०२:४४
  • images

    काठमाडौँ । धुलिखेल मालपोतमा कार्यरत खरिदात २ लाख रुपैयाँ घुस सहित अख्तियारको नियन्त्रणमा परेका छन् । सेवाग्राहीबाट घुस लिएको गुनासोका आधारमा अख्तियारले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीले नियन्त्रणमा लिएको हो । 

    उनीमाथि काभ्रेपलाञ्चोक साविक दोलालघाट गा।वि।स। वडा नं.७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend