२०८३, आश्विन २३ गते

images
  • समाचार
  • चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन...

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

सीएनएन खबर
बुधवार, आश्विन २९ २०८२१२:३०
सीएनएन खबर
बुधवार, आश्विन २९ २०८२१२:३०
  • images

    काठमाडौँ । चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिगुञ्ज टोलस्थित किसान दाना उद्योगमा बुधबार बिहान उद्योगको दाना नं। ४ को वाल भत्किँदा तीन मजदुरको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा खैरहनी नगरपालिका २ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर १२ का ४५ वर्षीय कमल गुरुङ  छन् । यस्तै घाइते हुनेहरूमा पर्सा घर भई हाल रत्ननगर १२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकज प्रसाद थारू रहेका छन् । दुबै जनाको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

    प्रहरी चौकी पञ्चकन्याका अनुसार बिहान करिब ९स्५० बजे पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना मजदुरहरु पुरिएरका थिए ।  गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend