२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति, के...

राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति, के भयो कुराकानी ?

सीएनएन खबर
बुधवार, आश्विन २९ २०८२०१:०७
सीएनएन खबर
बुधवार, आश्विन २९ २०८२०१:०७
  • images

    काठमाडौँ ।। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

    भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो। 

    विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियूको १५१ अ‍ौँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ। 

    उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा संघीय संसदको एक प्रतिनिधि मण्डल जाँदैछ। 

    आइपियूको महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रिय सभा अध्यक्षज्यूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend